अबको १० दिनभित्र नयाँ राजनीति परिस्थिति सिर्जना हुन्छ, एमाले विचलित भइसक्योः लेखक

Advertisement

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले अबको १० दिनभित्र नयाँ राजनीति कोर्ष बन्ने दाबी गरेका छन् । 

शुक्रवार सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा वकिलहरुसँगको छलफलमा उनले अबको हप्ता १० दिन भित्र नै नयाँ राजनीति परिस्थिति सिर्जना हुने सम्भावना रहेको बताए । एमालेले धेरै अधैर्य र अस्थिर राजनीति देखाएको लेखकको भनाई छ । 

Advertisement

उनले एमाले विचलित भइरहेको भन्दै अहिलेको सत्ता गठबन्धन स्थिर नरहेको बताए । लेखकले मुल राजनीतिक मुद्दा जुन छ, संघीय गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरण, संविधानको रक्षा, संविधानको सार्थक कार्यान्वयनका मुद्दामा नेपाली काँग्रेसमाथि नै भरोसा गर्ने स्थिति रहेको जिकिर गरे । 

एमाले संसद विघटको चाहना राखेर अघि बढ्ने पार्टी भएको उल्लेख गर्दै लेखकले यस्ता पदहरु जो संविधानको रक्षा, व्यवस्थाको सुदृढीकरणसँग, संविधानको सार्थक कार्यान्वयनसँग जोडिएका पदमा काँग्रेसको स्वभाविक दाबी रहने बताए । उनले काँग्रेस राष्ट्रपतिका लागि सकारात्मक र आशावादी रहेको बताए । 

Advertisement

Advertisement