राजा ज्ञानेन्द्रको वक्तव्यबारे ओलीको टिप्पणी– २४० बर्ष उहाँहरुले शासन गर्नुभो, के गर्नुभयो ?

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजा ज्ञानेन्द्र शाहमा २–४ जना मानिस देख्ने बित्तिकै पूरानै झल्को आउने र बोल्ने गरेको तर्क गरेका छन् । विराटनगरमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले ज्ञानेन्द्र शाह अझै अलमलमा रहेको बताए । 

राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा जारी वक्तव्यबारे ओलीले भने, ‘कोसँग केसँग सहकार्य ? ज्ञानेन्द्रजी राजनीतिमा हिँडिरहनु भएको छ । अस्ति दियो बाल्नु भयो क्यारे मेचीमा गएर । भएकै छ त ।’

Advertisement

जनताले शासन हातमा लिएको १५ वर्ष मात्र भएको उनको तर्क छ । मिलाउने कुराहरु मिल्दै गएको र काम भइरहेको जिकिर गर्दै ओलीले थपे, ‘२४० वर्षभन्दा बढी उहाँहरुले नै चलाएको हाइने ? उहाँहरुले देश कहाँ पुर्याउनुभएको थियो ? अहिले त १५ वर्ष न भयो जनताले हातमा लिएको, २५० वर्ष त खाएको छैन नि ।’

राजालाई सहभागी गराएर कार्यक्रम गर्ने नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई कारबाही गर्ने कुरामा चिन्ता नदिन ओलीले पत्रकारहरुलाई सल्लाह दिए । 

Advertisement

Advertisement