राप्रपा राष्ट्रपति उम्मेदवारको प्रस्तावक र समर्थक नबस्ने, राजालाई राष्ट्राध्यक्ष मान्नुपर्ने प्रस्ताव

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपतिको उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको छ ।

सो पार्टीको शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकमा राष्ट्रपति निर्वाचनमा भाग लिने कि नलिने भन्नेबारे छलफल हुँदा यस्तो निर्णय गरिएको हो । 

Advertisement

बैठकले राष्ट्रपतिको कुनै पनि उम्मेदवारको समर्थक र प्रस्तावक नबस्ने निर्णय गरेको सो पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए । राप्रपाभित्र राष्ट्रपतिको उम्मेदवारलाई भोट हाल्न नहुने चर्को दबाब छ । साथै, राष्ट्रपतिको निर्वाचनभन्दा पनि अहिले ने राजालाई राष्ट्राध्यक्षको रुपमा स्वीकार गरेर अघि बढ्नुपर्ने बताउँदै कतिपय नेताहरुले राप्रपा सोही पक्षमा उभिनुपर्ने आवाज उठाएका थिए । 

Advertisement

Advertisement