रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

Advertisement

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको  केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । 

शुक्रबार राति सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले सत्तासमिकरण फेर्न तयार भएपछि आठ दलीय नयाँ गठवन्धनको बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएको थियो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

Advertisement

Advertisement

Advertisement