राष्ट्रपतिमा दुई ‘चन्द्र’को उम्मेद्वारी दर्ता, दुवै पूर्वसभामुख

Advertisement

काठमाडौं । आठ दलीय गठवन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेबाट सुवाशचन्द्र नेम्वाङले उम्मेद्वारी दर्ता गराएका छन् । दुवै पूर्वसभामुख हुन् । 

शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन २०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर दुवैले उम्मेदवारी दर्ता गरेका हुन् । सभामुख, उपप्रधानमन्त्री र विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका रामचन्द्र पौडेल गत मंसिर ४ को निर्वाचनमा तनहुँ–१ बाट साँसदमा निर्वाचित भएका हुन भने सुवाशचन्द्र नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन् । 

Advertisement

पौडेलको प्रस्तावकमा शेरबहादुर देउवा, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, अशोक राई र अब्दुल खान रहेका छन् भने समर्थकमा महन्थ ठाकुर, पूर्णबहादुर खड्का, रञ्जिता श्रेष्ठ, चित्रबहादुर केसी र हितराज पाण्डे रहेका छन् । त्यस्तै, नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।

शुक्रबार रातिको नेकपा माओवादी केन्द्रसहितको आठ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन् ।

Advertisement

Advertisement