जेनेभा जान ठिक्क परेको बेला दाहालले मन्त्री पौडेललाई रोके, एमाले–माओवादी तिक्तता झन बढ्ने

Advertisement

 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबारस्वीट्जरल्याण्डको जेनेभा जान लागेकी एमाले परराष्ट्रमन्त्री बिमला राई पौडेललाई रोकेका छन् ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन जान तयार भइसकेपछि दाहालले रोकेका हुन् । आजै पौडेलले पत्रकारहरुले आफ्नो जेनेभा भ्रमणबारे जानकारी समेत गराएकी थिइन् । 

Advertisement

यसले माओवादी केन्द्र तथा दाहाल र एमालेबीचको सम्वन्ध झन बिग्रिएर जाने देखिएको छ । मन्त्री पौडेल जेनेभाबाट दोहा आउने र त्यहाँ अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो । दोहाको उक्त कार्यक्रममा दाहाल आफू जाँदैछन् । 

Advertisement

Advertisement