सरकारमा गएर मैले बुझें कि देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेछः लिङ्देन

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल देश आर्थिक र भूराजनीतिक दृष्टिबाट भयानक चेपुवामा रहेको खुलासा गरेका छन् । 

आफ्नो छोटो समय सरकारमा रहँदाको अनुभव सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले नेपालले निकै ठूलो वैदेशिक हस्तक्षेपको सामना गर्नुपरिहेको खुलासा गरेका हुन् । 

Advertisement

लिङ्देनले कर्मचारीले नेताभन्दा पनि नेताले कर्मचारी बिगारेको रहेछ, नागरिक समाज आवश्यकताभन्दा बढी नकारात्मक रहेछ भन्दै तर देश बनाउन नसकिने होइन् बनाउन सकिन्छ र बन्छ भनेका छन् । 

सरकारको नेतृत्व गरिरहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विदेश हस्तक्षेपको सामना गर्न नसकी नेपाली कांग्रेससँग समीकरण बनाउन गएपछि राप्रपाले सरकार छोडेर सरकारलाई समर्थन पनि फिर्ता लिएको थियो । 

Advertisement

Advertisement