माओवादी नेताको तर्क– माओवादी जति अस्थिर भयो, त्यति देशको विकास हुन्छ

Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गर्दै अस्थिर भए मात्रै देश विकास हुने तर्क गरेका छन् । 

बिहीवार कीर्तिपुरमा आयोजित एक कायक्रममा उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानिसहरुले माओवादी केन्द्र अस्थिर भएको भनिरहे पनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने थियो भने । 

Advertisement

माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरु अघि नबढ्ने थियो भन्दै गजुरेलले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने उनको दावी छ । 

गजुरेलले राजनीतिमा अहिले हरेक स्थानमा चुनौति रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताए । उनले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गरे । गजुरेलले भने, ‘मुख्य कुरा व्यवस्था बदलियो, अवस्था बदलिएन । अवस्था बदलिएको भए अर्कै उत्साहको वातावरण हुन्थ्यो । त्यो बदलिन सकिरहेको छैन् । अहिले हाम्रो पार्टीका अध्यक्ष प्रधानमन्त्री हुन कोशिस गर्नुभयो । उहाँ सफल पनि हुनुभयो । त्यो अरु कुनै कारण होइन, मानिसहरुले कुर्सीको लागि यता, उता भन्ने गर्दछन् । तर, उहाँ कुर्सी छोडेको मान्छे पनि हो ।’

Advertisement

Advertisement