भट्टराईको प्रश्न– बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाएर हामीलाई जिस्क्याउन खोजेको ?

Advertisement

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको माओवादीलाई जिस्क्यानु रहेको टिप्पणी गरेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध पाँच हजार मानिस हत्याको आरोपमा सर्वोच्च अदालतमा मुद्दा दायर भएपछि आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगाउ भन्नु माओवादी आन्दोलनलाई जिस्क्याउनु भएको बताए । 

Advertisement

पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको भट्टराईले आरोप लगाए । उनले यसको बिरुद्धमा सबै माओवादीहरु एक ठाउँमा उभिन आवश्यक रहेको बताउँदै ‘मैले एउटा मन बनाइसकेको छु, नजिकको साथीलाई भनिसकेको छु, हामीले एकै पटक पार्टी एकता मात्रै भनेर गलो मिलाउनु भन्दापनि पहिला निमर्मतापूर्वक कसले के गल्ती गरेको छ ? त्यसको छलफल गरौँ । त्यसपछि मिल्न सक्नेहरु जति एक ठाउँमा आउँ । एउटा पार्टी बनाऔँ । पहिला समय लाग्छ भने एउटा मोर्चा बनाऔँ ।’ 

भट्टराईले थपे, ‘अहिले यत्रो आक्रमण भइरहेको छ । माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति भएको छ, एउटा बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउने हो ? यो निहुँ खोजेको होइन ? तीन वर्ष अघिको भनाइको सामान्य कुरालाई लिएर बहालवाला प्रधानमन्त्रीलाई गिरफ्तार गर्ने मुद्दा लगा भनेर निर्णय गर्नेकुरा भनेको त्या निहुँ खोजेको होइन, जिस्केको होइन त्यो ? यस्ता कुरामा सहकार्य त हामी गर्नसक्छौँ नि । हामी सबै मिलेर किन आवाज निकाल्दैनौँ किन सडकमा निस्किन सक्दैनौँ । सक्नेहरु विचार मिल्नेहरु एउटै पार्टी बनाउँ । यस्ता मुद्दामा कार्यगत एकता गरौँ । त्यसो हुनसके फेरि नेपालमा हामीले एउटा अजेय शक्ति निर्माण गर्नसक्छौँ । त्यसले परिवर्तन ल्याउँछ । हाम्रा शहीदहरुको सपना पूरा गर्छ ।’ 

Advertisement

Advertisement