नयाँ राष्ट्रपति जसलाई सानोमा ‘चल्ला’ भनेर बोलाइन्थ्यो

Advertisement

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलको उपनाम हो ‘चल्ला’ । यो नाम उनका बाबु स्वर्गीय दुर्गाप्रसादले राखिदिएका हुन् ।  

दुर्गाप्रसाद पौडेल परिवार, छिमेक र गाउँका केटाकेटीलाई अनौठा अनौठा नाम राख्न निकै सौखिन र सिपालु थिए । उनले राखिदिएका नामबाटै एकले अर्कोलाई बोलाउने गर्थे । बाबुको २०४५ सालमा मृत्यु भएपछि नेता रामचन्द्र पौडेललाई ‘चल्ला’ भनेर बोलाउने र चिन्ने क्रम हराउँदै गयो । 

Advertisement

तनहुँको बाहुनपोखरामा जन्मे हुर्केका रामचन्द्र पौडेल बाबुको निधन हुँदा घरमा थिएनन् । पञ्चायत कालमा कहिले जेलमा र कहिले भूमिगत ढंगले राजनीतिमा सक्रिय रहँदै प्रजातन्त्रका लागि लड्दै आएका उनलाई बाबुको किरिया सक्नासाथै प्रहरीले पक्रउ गरेर लगेको थियो । नेता पौडेलले पटक पटक गरेर १४ बर्ष जेस बसेको इतिहास छ । उनकी आमा ऋषिमाया पौडेलको भने केही बर्षअघि चितवनमा निधन भएको हो । 

छ दशक लामो राजनीति यात्रामा पौडेलले प्रजातन्त्र र कांग्रेसका लागि भन्दै धेरै कष्ट भोग्दै र संघर्ष गर्दै आए पनि कांग्रेसभित्र बिग्रह सुरु भएपछि अन्तिममा तत्कालिन नेता गिरिजाप्रसाद कोइरालालाई साथ दिए । तर कोइरालाहरुलाई साथ दिँदा उनी प्रधानमन्त्री र पार्टी सभापति हुने अवसरहरुबाट बन्चित हुँदै आए । गिरिजाप्रसादभित्र निकै अहमता, लोभ, परिवारवाद, विरोधी र आलोचकलाई देखिनसहने प्रवृत्ति थियो । उनको सोही प्रवृत्तिबाट निराश भएर कांग्रेसका वरिष्ठ नेताहरु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईले पार्टी नै छोड्नुपरेको थियो । साथै, रामचन्द्र पौडेलसहित प्रजातन्त्रका लागि लडेका नेताहरुलाई पाखा लगाउने काम हुँदै आएको थियो । 

पछिल्लो समयमा भने गएको महाधिवेशनमा तटस्थ बसेर सभापति बनाउन सहयोग गरेकाले शेरबहादुर देउवा पौडेलप्रति नरम थिए । आफू राष्ट्रपति हुँदा पार्टीमा आफ्नो पकड पनि गुम्ने र छिमेकी भारतको पनि सदभाव पौडेलप्रति देखेपछि देउवाले पौडेललाई राष्ट्रपति बनाउन तयार भएका थिए ।  

Advertisement

Advertisement