Advertisement

काठमाडौं ।  तत्कालिन सशस्त्र विद्रोही माओवादीका कमाण्डर एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले दाहालसँग कारण देखाउ आदेश जारी गरेको छ । 

मागअनुसार अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरे पनि पाँच हजार व्यक्तिको हत्याको जिम्मेवारीबारे कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगो नलागेको विषयमा प्रस्तुत रिट निवेदनबारे के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी गर्नु नपर्ने हो भन्ने लिखित जवाफ माग गरेको छ ।

Advertisement

माग बमोजिमको आदेश जारी हुनु नपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक १५ दिनभित्र प्रधानमन्त्री स्वयमले वा कानून बमोजिमको प्रतिनिधिमार्फत र अन्य प्रतिवादीहरुले महान्यायाधीवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्न आदेश दिइएको छ । 

आदेशमा भनिएको छ, ‘यस प्रकारका कानुनी प्रश्नहरुको निरुपण पूर्ण सुनुवाइको अवस्थामा नै गर्नु मनासिब देखिन्छ । अहिले माग बमोजिम अन्तरिम आदेश जारी हुनेसम्मको पर्याप्त कारण नदेखिएको हुँदा निवेदकको माग बमोजिम अन्तरिम आदेश जारी गर्न परेन् ।’

इजलासले रिट निवेदनमा उठाइएको विषयको महत्व, गम्भीरता र संवेदनशीलताका कारण यसलाई छिटो छरितोरुपमा निरुपण गर्नुपर्ने भन्दै अग्राधिकार दिएको छ ।

Advertisement

Advertisement