Advertisement

काठमाडौं । दश दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहने भएको छ । 

आईतवार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यसबारेमा जानकारी गराएको हो । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले यादवको उम्मेदवारी पनि कायम रहने बताए । 

Advertisement

यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी बिरोध परेको थियो । उनले भने, ‘राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नगरी लिंग र समुदाय फरक हुनुपर्ने गरी संविधान र कानूनी व्यवस्था भइरहेको देखिँदा खस आर्य समुदाय भन्दा फरक समुदायका पुरुष उम्मेदवार रामसहायप्रसाद यादव उपराष्ट्रपतिको उम्मेदवार हुन अयोग्य भन्न सकिँदैन । उम्मेदवार अष्टलक्ष्मी शाक्य र ममता झाको दाबी बिरोधले उजुरी दाी हुन सक्दैन । त्यसैले उजुरी दाबी बमोजिम रामसहायप्रसाद यादव उपराष्ट्रपति उम्मेदवारको मनोनयन पत्र खारेज गर्नुपर्ने देखिएन ।’

जनता समाजवादी पार्टीबाट प्रमिला कुमारीको पनि उम्मेदवारी रहेको छ । उपराष्ट्रपतिमा कुल ४ जनाको उम्मेदवारी परेको थियो । 
 

Advertisement

Advertisement