हरेक नियुक्ति र निर्णयमा आर्थिक चलखेलले राजनीतिलाई विकृत बनाइरहेको छः वाग्ले

Advertisement

काठमाडौं । अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पैसाले राजनीतिलाई विकृत बनाइरहेको बताएका छन् । 

शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको बताए । पैसाका कारण लोकतन्त्र पनि विकृत हुँदै गएको वाग्लेको भनाई छ । 

Advertisement

उनले परम्परागत र पूराना पार्टीहरुमा टिकट पैसामा किनबेच हुने गरेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीमा भने ढुक्कसँग टिकट पाएको बताए । मालदार मन्त्रालयमा १० औं करोडको डिल हुने गरेको पनि वाग्लेले बताए । 
उनले भने, ‘कुशासनका कुराहरु छन्, पैसा कहाँबाट आउँछ ? पैसाले राजनीतिलाई कसरी मलजल गरिरहेको छ ? लोकतन्त्रलाई विकृत बनाइरहेको राजनीतिमा पैसाको भूमिका कस्तो छ ? भन्नेकुरा जोडिएको छ । अन्य परम्परागत पार्टी, पूराना पार्टीहरुमा टिकटको किनबेच, यहाँ कुनै पनि हस्तक्षेप भएन । हामी ढुक्कले उम्मेदवार बुझ्नसक्यौं । अन्य पार्टीहरुमा वडा सदस्यको लागि पनि पैसा दिनुपर्छ । झनै मालदार मन्त्रीहरुका लागि कस्तो हुन्छ ? मालदार मन्त्रालयमा त १० औं करोडको डिल हुन्छ भन्ने छ । यसले टिकट पाउनकै लागि त्यत्रो महंगो भयो भने चुनावी खर्च कति हुन्छ ? सत्तामा पुगिसकेपछि झन के हुन्छ ? त्यसैले यो पैसाले हाम्रो राजनीतिलाई असाध्य विकृति बनाइरहेको छ । त्यसलाई क्लिनअप गर्नको लागि प्राइमरीको कन्सेप्टलाई यो पार्टीले अवलम्वन गरेको छ । त्यो भनेको सुशासनको पहिलो खुड्किला हो ।’

डा. वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रुपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे । उनले आफू पछि फर्किने नभइ अघि बढ्नका लागि नै स्वतन्त्र पार्टी प्रवेश गरेको बताए । 

Advertisement

Advertisement