काठमाडौं। अर्थ मन्त्रालयमा उच्चस्तरिय राजस्व चुहावट समितिको बैठक सुरु भएको छ । मन्त्रालयको सुर्वण हलमा छलफल सुरु भएको हो ।
गृहमन्त्री नभएको समयमा सिमा नाकाहरुबाट चोरी पैठारी बढेको विषयमा छलफल सुरु भएको हो । चालुवर्ष अपेक्षित रुपमा राजस्व संकलन नभएपछि अर्थ मन्त्रालय दबाबमा छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले सीमा क्षेत्रमा देखिएका अवैध गतिविधि कसरी रोक्ने भन्ने विषयमा छलफल गर्न केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठक बोलाएका हुन् ।
बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत उपस्थित भएका छन् । अर्थमन्त्री महतले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई फोन गरेर बैठकमा बोलाएका हुन् ।
समितिमा गृह सचिव, नेपाल प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण नियन्त्रण विभागका महानिर्देशक सदस्य हुने व्यवस्था छ।