काठमाडौं। गोल्याण समूहको लगानी रहेको सिटी होटल लिमिटेड (हायात प्यालेस)मा श्रीलंकाली कम्पनीले क्यासिनो सञ्चालन गर्ने भएको छ ।
पच्चिस करोड रुपियाँ लगानीमा श्रीलंकाली कम्पनी र्याङ्क इन्टरटेन्मेन्ट कम्पनीले क्यासिनो सञ्चालन गर्न लागेको हो । यस होटलमा विदेशी कम्पनीको ९० प्रतिशत शेयर रहेको छ भने १० प्रतिशत नेपाली लगानीकर्ताको शेयर रहेको छ।
होटलमा नेपाली लगानीकर्ता पवन गोल्यान लगायतको लगानी रहेको छ । होटल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुलाई लक्षित गरी आईपीओ बिक्री समेत सुरु गरिसकेको छ । यसै सम्वन्धमा होटलले क्यासिनोसमेत सञ्चालन गर्न लागेको हो । नेपालका क्यासिनोमा खेल्न सरकारले निषेध गर्दै आएको छ ।
हायात प्यालेसको क्यासिनोले वार्षिक एक लाख ५० हजार विदेशीलाई खेलाउने लक्ष्य लिएको छ । यस्तै, यसमा तीन सय जनाले रोजगारी पाउने छन् ।
र्याङ्क इन्टरटेनमेन्ट मल्टिनेश्नल क्यासिनो सञ्चालन गर्ने कम्पनी हो । श्रीलंकामा प्रधान कार्यालय रहेको यस कम्पनीले नेपालसहित छ देशमा क्यासिनो सञ्चालन गर्दै आएको छ ।