अखिल क्रान्तिकारीले शिक्षा शाखामा लगाएको ताला काठमाडौं महानगरपालिकाले तोडिदियो

Advertisement

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिका संस्थागत शिक्षा शाखामा लगाएको ताला महानगरपालिकाले तोडिदिएको छ । 

महानगर शिक्षा शाखाले विद्यार्थी आन्दोलनको मर्मविपरीत शैक्षिक माफियाहरूको चलखेलमा परिपत्र निकालेको भन्दै विरोधमा बिहीबार लगाएको ताला महानगरपालिकाका नगर प्रहरीले तोडिदिएका हुन् । 

Advertisement

सो संगठनले शैक्षिक माफियाको निर्देशनमा विद्यार्थी संगठन र विद्यार्थी आन्दोलनविरुद्ध महानगर शिक्षा शाखा वा मेयर बालेन शाह लागेको भन्दै पटकपटक महानगरपालिकालाई मौखिक र लिखित रूपमा शैक्षिक विकृति र शैक्षिक रूपान्तरणका विषयसहित मागपत्र पेस गर्दा पनि कुनै सुनुवाइ नभएको जिकिर गरेको छ । 

बिहीबार साँझ नै नगर प्रहरीले उक्त ताला खोलेको मेयर बालेन शाहका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंले जानकारी दिएका छन् । उनले विद्यालयमा राजनीति हुनु हुँदैन र गर्न पनि पाइँदैन भन्दै विद्यालय भनेको पढ्ने ठाउँ भएकाले राजनीति गर्न नमिल्ने बताए । 

Advertisement

Advertisement