कांग्रेसका कोइराला समूहका साँसदहरुले समेत गरे आलोचना

आर्थिक संकटको बेला माओवादीका अयोग्य लडाकुलाई पैसा बाँड्ने तयारीप्रति चर्को विरोध

Advertisement

काठमाडौं । तत्कालिन सशस्त्र विद्रोही माओवादीका अयोग्य लडाकुलाई दुई–दुई लाख रुपियाँ दिने सरकारी तयारीको सत्तापक्षीय साँसदहरुबाटै विरोध भएको छ । 

नेपाली कांग्रेसका विशेषगरी शेखर–गगन समूहका साँसदहरुले आर्थिक संकटको बेला पार्टी विशेषका कार्यकर्तालाई पैसा बाँड्ने कुरा गलत भएको भन्दै आलोचना गरेका हुन् । 

Advertisement

कांग्रेसका रामहरि खतिवडा, श्याम घिमिरे, शान्ति विकलगायतले आर्थिक संकटको बेला माओवादीका अयोग्य लडाकुलाई पैसा दिने कुरा गलत हो भन्दै यसलाई बन्द गर्नुपर्ने बताएका थिए । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रोशन कार्कीले जनताको करबाट उठाएको पैसा निजी सम्पत्ति जसरी पार्टीका कार्यकर्तालाई वितरण गर्न नहुने भन्दै कर्मचारीले तलब नपाएको बेला र विकास निर्माणका कामहरु रोक्किएको बेला पैसा बाँड्ने कुरा गलत भएको बताइन् । 

Advertisement

Advertisement