अयोग्य लडाकुलाई २–२ लाख बाँडनु गैरजिम्मेवारपन

राज्य स्रोतमा हात हाल्न पाउने बित्तिकै सरकारले ब्रह्मलुट मच्चाउन थाल्यो

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बुढ्यौलीमा लाग्ने सामान्य बिमारलाई लिएर राष्ट्रपतिको अस्वभाविक वैदेशिक उपचार यात्रा भएको भन्दै आपत्ति जनाएका छन् । 

शुक्रवार काठमाडौंमा आयोजित वागमतीस्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रममा उनले चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टर्ड गरी विदेश लैजानु अस्वभाविक भएको बताए । लिङ्देनले विकासमा लगानी घटाउन खोजिरहेको र निर्माण व्यवसायीलाई ८० अर्ब भुक्तानी गर्न नसकेको सरकारले लडाकुलाई २–२ लाख रुपियाँ बाँड्ने निर्णय गर्नु गैरजिम्मेवारीपन भएको बताए । 

Advertisement

नेता लिङदेनले सरकार श्रोतमा हात हाल्न पाउने बित्तिकै व्रह्मलुट मच्चाउने षड्यन्त्रमा लागेको बताए । उनले यस्ता नकारात्मकतालाई रोक्न राप्रपा बलियो बन्नुपर्ने बताए । लिङ्देनले भने, राष्ट्रपतिलाई सामान्य बुढ्यौलीमा लाग्ने बिमारलाई डाक्टरहरुले रिफर गरेकै थिएनन् । जहाँज चार्टड गरेर विदेश लानुपर्ने, जुन अस्वभाविक खालको वैदेशिक उपचार यात्रा, अहिले फेरि लडाकुलाई राहत । जबकी सरकार आफैँ भन्छ, विकासमा कुनै बजेट दिन सकिँदैन, पैसा छैन भन्छ, निर्माण व्यवसायीलाई काम गरेको मात्रै ६० अर्ब बढी रुपियाँ छ यस्तो बेला राष्ट्रपतिको महंगो औषधि उपचार यात्रा, लडाकुलाई दिएको पैसा, उनीहरु कहाँ पुगिसके, कति बितिसके, राज्य श्रोतमा हात हाल्न पाउने बित्तिकै व्रह्मलुट मच्चाउने षड्यन्त्रमा छ, यसलाई रोक्न राप्रपा जस्तो दलहरु बजबुत हुनुपर्छ । सारा नकारात्मकता त्यागेर अघि बढ्नुपर्छ ।’

अध्यक्ष लिङदेनले उपनिर्वाचनलाई राप्रपाले प्राथमिकता नदिएको कारण पनि राम्रो मत आउन नसकेको स्पष्ट पारे । उनले जनता विकल्पको तयारीमा रहेको स्पष्ट भएको बताए ।

Advertisement

Advertisement