घण्टीको सामना गर्न राप्रपा सक्षम छः जबरा

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशम्शेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीको सामना गर्न राप्रपा तयार रहेको जिकिर गरेका छन् । 

शुक्रवार राजधानीमा आयोजित आफ्नो पार्टीको कार्यक्रममा उनले गत चुनाव र उपचुनावमा पनि घण्टी बजेको भन्दै घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको बताए । जबराले संसद भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने बताए । 

Advertisement

अफ्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपा सामथ्र्यवान रहेको भन्दै उनले भने, ‘बैले धेरै पहिला पनि भनेको थिएँ, मैले यो पालिको संसद बडो डामाडोलपूर्ण अवस्थाको संसद छ, जे पनि हुनसक्छ भनेको थिएँ, आज देखिएको छ । त्यो असजिलो हाम्रो सामु छ, त्यसलाई हामीले सामना गर्न सक्नुपर्छ । घण्टी बजेको छ, चुनावमा पनि बज्यो, उपचुनावमा पनि बज्यो, त्यो परिस्थिति सामना गर्न राप्रपा सामथ्र्यवान छ । अत्यन्त अफ्ठ्यारो परिस्थिति छ । त्यही अफ्ठ्यारो परिस्थिति सामना गर्न यो पार्टी, यसको नेतृत्व सामना गर्न भनेर अघि बढेको छ । यो पार्टीले त्यो समस्या सामना गर्छ, गर्छ गर्छ ।’

सांसद जबराले देश अफ्ठ्यारो पर्दा आड दिने पार्टी राप्रपाबाहेक अर्को नरहेको बताए । 

Advertisement

Advertisement