आईएमई समूहले अर्को केवलकार पनि सञ्चालन ल्यायो, निजी क्षेत्रले ‘मिराकल’ गर्नसक्छः ढकाल

Advertisement

काठमाडौं । आईएमई समूहले नवरपुरको गैंडाकोटमा पनि केवलकार सञ्चालनमा ल्याएको छ । काठमाडौंको चन्द्रागिरिमा केवलकार सञ्चालन गर्दै आएको उक्त समूहले गैंडाकोटको मौलाकालिका जान यो सेवा सञ्चालन गरेको हो । 

आईएमई समूहले प्रधानमन्त्री पुष्पकमल दाहाललाई लगेर सोमबार मौलाकाली केवलकारको उदघाटन् गरायो । कार्यक्रममा मौलाकाली केवलकारका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रसँग सरकारले साझेदारीको नीति अपनाउनुपर्ने बताए । 

Advertisement

उनले सरकारले निजी क्षेत्रलाई सहजीकरण गर्न सरकारले  साझेदारीको नीति अपनाउन आवश्यक रहेको बताउँदै जति छिटो निजी क्षेत्रसँगको सहजीकरणको नीति लियो, त्यति छिटो नै देशको विकास हुने बताए । ढकालले नेपालमा संस्कृति, कला, प्राकृतिक सौन्दर्य र अलौकिक भूगोलको ज्ञानका लागि पर्यटक आउने भन्दै पर्यटक पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताए । 

ढकालले मुलुकमा पर्यटन पूर्वाधारको कमी भएको बताए । उनले अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम भएको भन्दै प्रतिदिन घट्दो अवस्थामा रहेको पनि बताए । ढकालले विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलरभन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक रहेको भन्दै पर्यटकलाई आकर्षित गर्ने र उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्न आवश्यक रहेको बताए । 

उनले भने, ‘मुलुकमा पर्यटन पूर्वाधारको कमी छ । अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च  तथा बसाई निकै  कम छ  र प्रतिदिन झन घट्दो छ । विदेशी पर्यटकहरु औसत १२ दिन नेपाल बस्ने र दैनिक औसत ५० डलर भन्दा कम खर्च गर्ने गरेको पछिल्लो तथ्यांक छ । हामीले पर्यटकलाई आकर्षित गर्ने, उनीहरूको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्नेछ । यहाँको संस्कृति ,कला प्राकृति सौन्दर्य र उहाँको अलौकिक भुगोलको ज्ञानका लागि नेपाल पर्यटक आउने गर्छन् । यस्ता पर्यटक पूर्वाधारको विकास गर्नुपर्छ भन्ने सुझाव छ । यो कार्यहरुमा सरकारले निजी क्षेत्रलाई जतिधेरै सहजीकरण गरेर साझेदारीको मोडल अपनाउने नीति लिन्छ ,त्यति छिटो देशको विकास हुन्छ ।’

ढकालले नेपालमा प्रकृतिको अपार वरदान रहेको भन्दै पर्यटन बढाउन सक्ने असंख्य सम्भावना बताए । उनले सरकार र निजी क्षेत्रको भिजन र इच्छाशक्ति मिसाए र प्रविधि, पुँजी जोड्नसके पर्यटन बिस्तार गर्न समय नलाग्ने बताए । ढकालले निजी क्षेत्रले विकास र परिवर्तनको मिराकल ल्याउन सक्षम रहेको भन्दै पटक पटक यसको पुष्टि गर्दै आएको जिकिर गरे । उनले सरकारले नीतिमा निजी क्षेत्रसँगको साझेदारीको कुरा गरेपनि सहजीकरणका कुरा कागजी झमेलाले कम नभएको बताए । 

उनले मौलाकाली केबलकार बनाउन पनि कागजी प्रक्रिया मिलाउन वर्षाैं लागेको भन्दै निर्माणको काम १३ महिना नै सकेर संरचना तयार पारिएको बताए । ढकालले सरकारले वातावरण बनाए निजी क्षेत्रले ठूलो लगानी गर्नसक्ने बताए । उनले निजी क्षेत्रले ठूलो लगानी गरी विकास, रोगजारी र आर्थिक वृद्धिमा सरकारलाई योगदान गर्नसक्ने बताए । 

Advertisement

Advertisement