सभामुखले बोल्न समय नदिएपछि संसदमा कपडा खोले साँसद अमरेशकुमार सिंहले

Advertisement

काठमाडौं । सभामुख देवराज घिमिरेले बोल्न आकस्मिक समय नदिएपछि स्वतन्त्र साँसद अमरेशकुमार सिंहले कपडा खोलेर विरोध जनाएका छन् । 

उनले कपडा खोलेर अर्धनग्न भएपछि सभामुखले सभ्य हुन नभए कारवाही गर्ने चेतावनी दिएका थिए । धेरै समय उभ्भिएर बोल्न समय माग्दा पनि सभामुखले पेलेर अघि बढेपछि सिंह रुष्ट भएर कपडा खोल्न थालेका थिए । 

Advertisement

उनले कपडा खोलेपछि सभामुख घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न अन्यथा कारवाही गर्ने संकेत गरेपछि सिंहले कपडा लगाएका थिए । उनीसँगै मजदुर किसान पार्टीका प्रेम सुवालले पनि बोल्न समय मागेका थिए । 

Advertisement

Advertisement