ढाकाकुमार श्रेष्ठमाथिको कारवाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालिन आदेश

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्य ढाकाकुमार श्रेष्ठलाई उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको निष्काशनको कारबाही कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठमाथि गरिएको कारबाहीलाई रोकेको हो । साथै, सर्वोच्चले अन्तरिम आदेशका लागि श्रेष्ठ र स्वतन्त्र पार्टी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

Advertisement

स्वास्थ्यमन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपियाँ माग गरेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई उनको पार्टीले साँसद पदबाट निष्काशन गरेको थियो । 

आफूमाथि भएको कारवाहीविरुद्ध श्रेष्ठ सर्वोच्च गएका थिए । उनले दायर गरेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले सोमबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । साथै, सर्वोच्चले स्वतन्त्र पार्टीग श्रेष्ठमाथि कारबाही गर्नुको लिखित कारण पनि माग गरेको छ ।

Advertisement

Advertisement