अमरेश सिंहले कपडा खोलेर प्रजातान्त्रिक अधिकार प्रयोग गरेः चित्रबहादुर केसी

Advertisement

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सांसद अमरेश सिंहले अर्धनग्न भएर प्रजातान्त्रिक अधिकार प्रयोग गरेको प्रतिक्रिया दिएका छन् । 

सोमबार संसदबाट बाहिरिने क्रममा उनले विदेशीको सिको गरेर त्यसो गरिएको भन्दै त्यस्तो नगरेको भए राम्रो हुने धारणा राखे । केसीले थोरै सांसद भएका दलहरु र स्वतन्त्र सांसदलाई संसदले बोल्न नदिने भनेर अपमान नभएको पनि बताए । 

Advertisement

उनले भने, ‘प्रजातन्त्रमा त्यस्तो अधिकार हुन्छ भन्छन् । प्रजातन्त्र भित्रको उहाँले अधिकार प्रयोग गर्नुभएको होला । त्यस्तो राम्रो भएन । त्यो नगरेको भए हुन्थ्यो । कुन देशमा संसदमा त्यस्तो गरेको देख्नुभएको थियो उहाँले यहाँ प्रयोग गर्नुभएको हो । थोरै सांसद भएकालाई बोल्न नदिने भनेर रोकेको छैन संसदले ।’

Advertisement

Advertisement