नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षीय ठूला नेतालाई बचाउन खोजियोः अमरेश सिंह

Advertisement

काठमाडौं । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले आफूलाई संसद बैठकमा भ्रष्टाचारको सम्बन्धमा बोल्न नदिएका कारण प्रतिरोधस्वरुप अर्धनग्न बनेको बताएका छन् । 

सोमबार संसद बैठकबाट बाहिरिने क्रममा उनले आफू अर्धनग्न हुनु प्रतिरोधको उच्चतम बिन्दुको रुपमा अथ्र्याए । सिंहले भने, ‘संसदको प्रतिरोधको पराकाष्ठा थियो । उच्चतम बिन्दु भन्छ नि । म स्वतन्त्र सांसद मैले भ्रष्टाचारको विषयमा बोल्न खोजेको । भुटानी शरणार्थीको भ्रष्टाचारको अनुसन्धान भइरहेको छ । त्यो अनुसन्धानले ठूला ठूला नेता, सरकारका मान्छेहरु प्रभावित गर्न खोजिरहेको छ । त्यो प्रभावित नहोस् । दोषीलाई कारबाही गरियोस् । निर्दोष नफसाइयोस् ।’ 

Advertisement

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा सत्तापक्षीय ठूला नेतालाई बचाउन खोजिएको र मुद्दालाई प्रभावित पार्न खोजिएको बताए । 

Advertisement

Advertisement