ओली सकारात्मक भएपछि हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीशका लागि सिफारिस

Advertisement

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम सिफारिस गरेको छ । सोमबार बसेको परिषद बैठकले कार्कीलाई प्रधानन्यायाधीश नियुक्ति सिफारिस गरेको हो । 

बैठकमा सहभागी कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कार्कीको नाम सिफारिस भएको बताए । कामु प्रधानन्यायाधीशको रुपमा काम गर्दै आएका कार्की प्रधानन्यायाधीश बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली अनिच्छुक रहे पनि पछिल्लो समयमा उनी तयार भएपछि नाम सिफारिस भएको हो । एमालेसँग निकट कार्की सो पार्टीबाट नेपाल बार एशोसियशनका अध्यक्ष समेत भएका थिए । 

Advertisement

अब कार्कीको संसदीय सुनुवाइ हुनेछ । सुनुवाईपछि नाम सदर भएमा राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्नेछन् । चोलेन्द्रशमशेर जबरालाई महाभियोग प्रस्ताव दर्ता गरेर निलम्बित गरिएपछि लामो समयदेखि सर्वोच्च अदालत नेतृत्वविबहीन बन्दै आएको थियो । 

Advertisement

Advertisement