दश जना भ्रष्ट नेता र ५५ जना व्यापारीले रकम विदेश पठाएको प्रमाण प्रसाईंले सार्वजनिक गर्ने

Advertisement

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले १० जना भ्रष्ट नेता र ५५ जना व्यापारीले रकम विदेश पठाएको प्रमाण सार्वजनिक गर्ने भन्दै विशेष पत्रकार सम्मेलन बोलाएका छन् । 

पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानको नेतृत्व गर्दै आएका प्रसाईंले लामो समयदेखि बताउँदै आएको यस विषयलाई सार्वजनिक गर्न लागेका हुन । 

Advertisement

उनले चार सय पृष्टभन्दा लामो यो प्रमाण आफूले दुई करोड रुपियाँ लगानी गरेर अमेरिकाबाट झिकाएको बताउँदै १० जना भ्रष्ट नेता र ५५ जना व्यापारीले हङ्कङ, सिंगापुर हुँदै दुवईमा खर्बौं रुपियाँ पैसा पठाएको दावी गर्ने गरेका छन् । 

Advertisement

Advertisement