‘राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको छ, देशको परिस्थिति चिन्ताजनक छ’

नेपाली कांग्रेसलाई राजनीतिक दल पनि भन्न मन लाग्न छोड्योः केपी ओली

Advertisement

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको परिस्थिति चिन्ताजनक रहेको बताएका छन् । बुधवार मदन—आश्रितको ३१ औं स्मृति दिवसमा उनले अहिलेको सत्ता गठबन्धन सत्तामा मात्रै सिमित रहेको उल्लेख गरे । 

ओलीले अहिलेको सत्ता गठबन्धनले राजनीतिलाई हलुका रुपमा लिइरहेको बताए । उनले नेपाली काँग्रेसलाई राजनीतिक संज्ञा दिन पनि मन नलाग्ने स्थितिमा पुगेको बताए । ओलीले काँग्रेस किमकर्तव्यविमुढ भएको आरोप लगाए । 

Advertisement

नेता ओलीले अहिलेको गठबन्धन सत्ता र सरकार प्राप्त गर्नमात्रै गरिएको गठबन्धन भएको बताउँदै वर्तमान गठबन्धन नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन भएको बताए । उनले भने, ‘अहिलेको राजनीतिलाई जसरी अत्यन्तै हल्काफुल्का ढंगले लिइएको छ । मानिसहरुको लिन खोजिरहेका छन् । खासगरी सत्ताधारीहरुले, सत्ताधारी गठबन्धनले त्यो दुःखद् कुरा हो । देशको परिस्थिति अत्यन्त गम्भीर छ । अत्यन्त जटिल छ । नेपाली काँग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावा भन्या । कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छोडिसक्यो । देश यस्तो गम्भीर परिस्थितिमा छ । एउटा लामो इतिहास बोकेको नेपाली काँग्रेस किमकर्तव्यविमुढ, भोलि कहाँ जाने केही थाहा छैन् भन्ने जस्तै छ ।’ 

ओलीले थपे, ‘आज कसरी देशलाई सही बाटोमा लैजाने सोच्ने अवस्थामा छैन । यसको अर्थ हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ । यो सहज छैन । हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन, देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ । अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो । नीति, कार्यक्रम, उद्देश्यबिहीन गठबन्धन हो, कार्यक्रम बिहीन गठबन्धन हो ।’

अध्यक्ष ओलीले राजनीति भयावह अवस्थाबाट गुज्रिरहेको बताए । उनले अहिलेको सत्ता गठबन्धन टिक्छ कि जान्छ भन्नेमा मात्रै सिमित रहेको बताए । 

Advertisement

Advertisement