लागू औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलायो

Advertisement

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको एक टोलीले लागू औषधका कारोबारीमाथि सिनामंगलमा गोली प्रहार गरेको छ । 

ब्यूरोका प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गर्दा एक जना कारोबारी घाइते भई काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका लागि लगिएको छ । 

Advertisement

उनी विकास भगत रहेको र उनको साथबाट सय ग्राम लागू औषध पनि बरामद भएको प्रहरीको भनाई छ । भगतले गोली चलाएपछि प्रहरीको फायरिङ गर्दा उनलाई घुँडामुनि गोली लागेको छ । 

Advertisement

Advertisement