बजेट पास हुन नदिने चेतावनी दिँदै आएका माधव नेपालले बोली फेरे, ‘गठवन्धन मिलेर जानुपर्छ’

Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव नेपालले बोली फेरेका छन् । अष्ट्रेलिया भ्रमणबाट फर्किएलगत्तै सरकारप्रति आक्रामक देखिएका उनी सोमबार भने नरम बनेका छन् । 

उनले बजेटका ठूलो हिस्सा नुवाकोट, गोरखा र डडेलधुरामा खन्याइएको भन्दै त्यसलाई नसच्याए बजेट पास हुन नदिने चेतावनी दिँदै आएका माधव नेपालले आज भने सत्ता गठबन्धनका शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताए । 

Advertisement

आफ्नो पार्टीको कार्यक्रममा उनले गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही मतान्तर हुनु स्वभाविक रहेको तर्क गर्दै अहिले सत्ताधारी र विपक्षी गठबन्धन रहेको बताए । सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पुर्याउने शक्तिहरुमाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरु रहेको माधव नेपालले जिकिर गरे । 

उनले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गरे । नेता नेपालले कमजोरीको आलोचना गर्न कमजोरीप्रति लतारिने स्वभाव आफूहरुको नरहेको बताए । उनले भने, ‘अहिले हामी गठबन्धनमा सामेल छौँ । गठबन्धनका घटकहरुका बीचका धाराहरुमा केही केही मतान्तर पनि हुनसक्ला । तर म यसो हेर्दैछु, एउटा सत्ताधारी गठबन्धन छ, अर्को सत्ता बाहिरको गठबन्धन छ । सत्ता बाहिरको गठबन्धनमा कस्ता कस्ता खालका शक्तिहरु छन्, संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरु छन् । संघीयतामाथि विश्वास नगर्ने मात्रै होइन, समाप्त पार्न चाहने शक्तिहरु छन् ।’

माधव नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए । उनले आफ्नो महत्व र भुमिकालाई अस्स्वीकार गर्नेहरुको चुनौतिको सामना गर्ने बताए ।

Advertisement

Advertisement