हरिकृष्ण कार्कीको प्रधानन्याधीश सिफारिस र संसदीय सुनुवाईको वैधानिकतामा नै प्रश्न

Advertisement

काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी दिएका उजुरीकर्ताले कार्कीको सिफारिस र संसदीय सुनुवाईको वैधानिकतामाथि नै प्रश्न उठाएका छन् । 

उजुरीकर्ताहरुले सबै उजुरीकर्तासँग सामूहिक छलफल हुनुपर्ने माग राख्दै छुट्टाएर छलफल गर्ने कुरा अस्वीकार गरे । उजुरीकर्ताहरु ध्रुवलाल श्रेष्ठ, अमृत खरेल, श्रीकृष्ण भट्टराईलगायतले आफ्नो उजुरीमाथि छलफल गर्न अस्वीकार गरेपछि कार्कीको सुनुवाई प्रभावित भएको हो । 

Advertisement

सुनुवाई समितिले श्रेष्ठ, खरेल र भट्टराईले अस्वीकार गरेपछि अन्य उजुरीकर्तासँग छलफल गरेको थियो । श्रेष्ठ, खरेल र भट्टराईले कार्कीको सिफारिसको निर्णय र संदीय समितिको बैधानिकतामाथि छलफलको प्रस्ताव राखे पनि सो कुरा अस्वीकार गरेपछि उनीहरु आज छलफलमा सहभागी नभएका हुन् । 

समितिको बैठकबाट आक्रोसितरुपमा निस्किएका श्रेष्ठ, खरेल र भट्टराईसहित २० जनाले अब सडक आन्दोलनमा जाने चेतावनी दिएका छन् । समितिको अर्को बैठक बिहीबार बिहानका लागि तय गरिएको छ । 

थुप्रै विवादमा मुछिएका, विगतमा नेकपा एमालेको राजनीतिमा सक्रिय रहेको, सोही पार्टीबाट नेपाल बार एशोसिशयनको अध्यक्षसमेत रहेका, न्यायाधीश नियुक्तिपछि पनि बधाई खान पार्टी कार्यालय धाएका, थुप्रै विवादास्पद फैसला र गतिविधि गर्दै आएका कार्कीलाई कार्यकाल सक्किनै लाग्दा ठूला दलहरुले प्रधानन्यायाधीश बनाउन लागेका हुन् । 

Advertisement

Advertisement