पर्यटकीयस्थल शे–फोक्सुन्डो तालमा अस्थायी प्रहरी चौकी स्थापना

Advertisement

काठमाडौं । उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मो गाउँमा रहेको पर्यटकीयस्थल शे–फोक्सुन्डो तालमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ ।

प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब महानिरीक्षक भीम ढकालले शे–फोक्सुण्डोे ताल पुगी अस्थायी प्रहरी पोष्टको शुभारम्भ गरेका हुन् । यसले आपराधिक क्रियाकलाप कम हुनले उनको विश्वास छ । 

Advertisement

ढकालले भने, ‘आन्तरिक तथा विदेशी पर्यटकको आगमन वृद्धि भइरहेको हुँदा पर्यटकहरुलाई सुरक्षा प्रदान गर्न तथा ‘सुरक्षित शे–फोक्सुण्डोे सुरक्षित पर्यटक’ भन्ने अवधारणा अनुरूप छिट्टै शे–फोक्सुण्डोमा पर्यटक प्रहरी युनिटको समेत स्थापना गरिने छ ।’ 

Advertisement

Advertisement