विवादित हुँदाहुँदै पनि हरिकृष्ण कार्की प्रधानन्यायाधीश हुन सफल, सपथ ग्रहण सम्पन्न

Advertisement

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । इतिहासमै सबैभन्दा थोरै समय (१७ दिन)का लागि उनी शुक्रबार प्रधानन्यायाधीश नियुक्त भएका हुन् । 

कार्कीले आजै राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिए । संसदीय सुनुवाइ समितिमा दुई दिनको सुनुवाइपछि कार्कीको नाम हतार हतार अनुमोदन गरिएको हो । 

Advertisement

उनीविरुद्ध समितिमा २७ वटा उजुरीहरु परेका थिए । निकै धेरै विवाद र आलोचनामा पर्दै आए पनि सत्तापक्ष र विपक्षी दल कार्कीलाई प्रधानमन्यायधीश बनाउन एक भएपछि पेलेर नै नियुक्ति गरिएको हो । 

लामो समय नेकपा एमालेको राजनीतिमा सक्रिय रहेका कार्की एमालेबाटै नेपाल बार एशोसियशनको अध्यक्ष, महान्यायाधीवक्ता बनेका थिए । न्यायाधीश नियुक्त हुनासाथै एमालेको पार्टी कार्यालय पुगेर बधाई खाएका उनको नियुक्ति पनि अवैध र अनैतिक ढंगले भएको भन्दै केही कानुन व्यवसायीले प्रमाणसहित उजरी समेत हालेका थिए । 

यसअघि तत्कालिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई हटाउन बेन्चमै आन्दोलन गर्ने कार्यको समेत नेतृत्व गरेका कार्कीमाथि पनि जबराले धेरै नैतिक प्रश्न उठाएका थिए । उनलाई प्रधानन्यायाधीश बनाउन आठ महिनायता कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका कार्की आगामी साउन २० गते सेवा निवृत्त हुँदैछन् । 

Advertisement

Advertisement