धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्छः थापा

Advertisement

काठमाडौं । नेपाली काँग्रसका महामन्त्री गगन थापाले बदलिएको काँग्रेसले मात्रै मुलुक बदल्नसक्ने बताएका छन् । सोमवार राजधानीमा भएको ट्रेड युनियन काँग्रेसको सातौं महाधिवेशनमा उनले देश बदल्नको लागि सबै भन्दा पहिला नेपाली काँग्रेस बदल्न आवश्यक रहेको बताएका हुन् । 

काँग्रेस अहिले जसरी चलेको छ, त्यसरी नै चल्ने हो भन्ने ठानेमा काँग्रेस दुर्घटनामा जाने थापाले बताए । उनले काँग्रेसलाई दुर्घटनाबाट बचाउनको लागि यसलाई फरक ढङ्गमा चलाउनु पर्ने बताउँदै उनले पार्टीलाई आवश्यकता अनुसार बदल्न सक्नुपर्ने बताए । 

Advertisement

नेता थापाले काँग्रेस बदल्न सक्ने भन्दै आवश्यकता अनुसार धुरी फाट्यो भने धुरी बदल्न सक्नुपर्ने बताए । उनले देश अफ्ठ्यारोमा भएको बेला काँग्रेसले देशलाई ठिक ढङ्गले सम्हाल्न सक्नुपर्ने बताए । यस्तो बेलामा काँग्रेसले मुलुकलाई सम्हाल्न नसके मुलुक थप १५ वर्ष पछि धकेलिने थापाले बताए । 

उनले भने, ‘सिङ्गो नेपाली काँग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने छ । नेपाली काँग्रेसले आफूलाई बदलेन भने काँग्रेस काँग्रेस जस्तो हुँदैन । देश नबदलि भएको छैन । देश बदल्न सकिन्छ भन्नेकुरा महामन्त्री विश्वप्रकाश शर्मासँग सहमत छु । देश बदलिँदैन की भन्ने डरबाट युवाहरु विदेश भागिरहेका छन् भन्ने लक्ष्मण दाईको चिन्ता आएको छ । यो बीचमा काँग्रेसले देश बदल्दैन भनेर युवा विदेशीयको चिन्ता मानेर,देश बदलिन्छ भन्ने आत्माविश्वास लिएर जाँदा देश बदलिन्छ तर देश बदल्नको लागि नेपाली काँग्रेसले आफूलाई बदल्छ । बदलेको काँग्रेसले मात्रै देश बदल्न सक्छ । काँग्रेस अहिले जसरी चलेको छ । त्यसरी नै चल्ने हो । ठिक भएर चलेको छ भनेर मान्दैनौँ  भने काँग्रेस दुर्घटनामा जान्छौं ।’ 

थापाले थपे, ‘हामी जसरी चलिरहेका छौं । यो भन्दा भिन्न ढङ्गबाट चल्नुपर्छ । चल्न सक्छौं । काँग्रेसलाई आवश्यकता अनुसार बदल्न सक्छौं । कहिले काँही जग बदल्नुपर्छ । कहिले काँही झ्यालबाट बदल्नुपर्छ । धुरी नै फाट्यो भने पनि त्यो बदल्नुपर्छ । जे कुराको समस्या हुन्छ त्यो बदल्नुपर्छ । त्यो बदल्दै ठिक बनाएर जाने हो । काँग्रेस हाम्रो घर हो । हाम्रो जीवन लागेको छ । देशमा अफ्ठ्यारो परेको बेला नेपाली काँग्रेसले ठिक ढङ्गले देशलाई समालेन भने देशको अर्को १० देखि १५ वर्ष जान्छ । अफ्ठ्यारो परेको बेला काँग्रेस देश सम्हाल्नुपरेको छ ।’

महामन्त्री थापाले सिङ्गो नेपाली काँग्रेस सञ्चालन गर्ने तरिका बदल्नुपर्ने आवश्यकता रहेको बताए । उनले आफूलाई बदलेन भने काँग्रेस काँग्रेस जस्तो नहुने बताए । थापाले काँग्रेस बदल्दै मुलुक बदल्नुपर्ने आवश्यकता रहेको पनि बताए । उनले देश बदल्न सकिन्छ भन्ने आत्माविश्वास लिनुपर्ने बताए । 

Advertisement

Advertisement