काठमाडौँ । पूर्वबैंकर अनिल शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बिहीबार आयोजित एक कार्यक्रमबीच स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले शाहलाई पार्टी प्रवेश गराए ।
नयाँ पार्टीमा लागेका अनिल शाहले सो पार्टीको प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी पनि पाएका छन् । लामो समयसम्म बैंकिङ क्षेत्रमा काम गरेका उनी नविल बैंक, तत्कालिन मेगा बैंकको सीईओ भएर काम गरेका थिए ।
पहिलेदेखि नै युवा उत्प्रेरकको रुपमा काम गर्दै आएका अनिल शाह नयाँ पार्टीमार्फत राजनीतिक यात्रा सुरु गरेका हुन् । उनी यसअघि तत्कालिन विद्रोही माओवादीमा प्रवेश गर्ने हल्ला समेत चलेको थियो ।