आईपीओ निष्काशनमा गलत काम गरेको छैन्, गर्नेलाई कारवाही गरी निष्काशन सुचारु होस्

Advertisement

काठमाडौं । घोराही सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्काशनका क्रममा आफूविरुद्ध गलत प्रचार भएको भन्दै त्यस क्रममा आफ्नो तर्फबाट कुनै गलत काम नभएका दावी गरेको छ । 

आईपीओ निष्काशनका क्रममा झण्डै एक दर्जन मानिसले पैसा नभएको बैंक खाताबाट १० लाख कित्ता शेयर हालेको पाइएसँगै नेपाल धितोपत्र बोर्डले शेयर निष्काशन बन्द गरेको थियो । साथै, बोर्डले त्यसरी शेयर हाल्नेहरुलाई कारवाही गर्ने पनि बताएको थियो । 

Advertisement

घोराही सिमेन्टले बिहीबार विज्ञप्ति जारी गर्दै आफ्नो व्यवसायिक प्रतिष्ठा र ख्यातीमाथी नकारात्मक असर पुर्याउने उद्देश्यले भ्रमपूर्ण र गलत सूचना प्रवाह भएको बताएको हो । बदनियतपूर्ण अनर्गल प्रचारको क्रममा उठाईएका सम्पूर्ण बिषयहरुको बारेमा पूर्ण पारदर्शी रुपमा स्पष्ट पार्न आफू तयार रहेको विज्ञप्तिमा उल्लेख छ । 

उद्योगले शेयरको सार्वजनिक निष्काशन हुनु भन्दा पहिले कम्पनी रजिष्ट्रारको कार्यालय, धितोपत्र बोर्ड लगायत बिभिन्न नियामक निकायहरुको पूर्ण सहभागिता रहेको हुन्छ भन्दै निष्काशनको अनुमती प्राप्त गर्ने सन्दर्भमा उधोगबाट पेश भएका विवरण पत्र, वितिय विवरण, तथा क्रेडिट रेटिङ प्रतिवेदन लगायतका सम्पूर्ण कागजात तथा विवरणहरुको जिम्मेवारी लिन आफू सधैं तत्पर रहेको बताएको छ । 

धितोपत्र बोर्डद्धारा स्वीकृत भएपछि निष्काशन प्रक्रिया सुरु भई प्रभावित क्षेत्रका स्थानीय जनता, वैदेशिक रोजगारीमा रहेका व्यक्ति, कम्पनीका कर्मचारी तथा म्युचुअल फण्डलाई सम्पूर्ण प्रक्रिया सम्पन्न गरि शेयर बाँडफाँट भइसकेको, सर्वसाधारणको लागि खुल्ला भएको अवधिको चौथो कार्य दिनको अन्तिम समयमा भएको स्थगनको निर्णयले शेयर निष्काशन प्रक्रियामा अवरोध उत्पन्न गरी आफूलाई बोधार्थ मात्र दिइएको जानकारी दिएको छ । 

क्रेडिट रेटिङ प्रक्रिया एक विशिष्ट प्रकारको विधिबाट सम्पन्न हुने र सो प्रक्रियामा विदेशका विषय विज्ञहरुको विश्लेषण र मुल्याङ्कनबाट हुने हुँदा सो प्रक्रियामा उद्योग प्रवर्द्धकहरुको तर्फबाट प्रभावित पारेको हुनसक्ने भन्ने कुरामा कुनै सत्यता नभएको घोराही सिमेन्टको भनाई छ । नियामक धितोपत्र बोर्डले क्रेडिट रेटिङ सम्बन्धमा सम्बन्धित रेटिङ कम्पनीबाट व्यहोरा जानकारी लिने तथा झुट्ठा आवेदनको सम्बन्धमा कानुनबमोजिमको प्रक्रिया अवलम्बन गरि रोकिन गएको शेयरको सार्वजनिक निष्कासन प्रक्रिया सुचारु गर्ने आग्रह गरेको छ । 

विदेशी मुद्रा सञ्चिति तथा स्वदेशमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरि तीन हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्दै आएको पूर्णरुपमा स्वदेशी लगानीकर्ताहरुबाट प्रवद्र्धित देशकै ठूलो मध्येको एक उद्योगलाई निरुत्साहित गर्ने कार्यमा संलग्न लगानी विरोधी समूह तथा सो समूहबाट प्रायोजित कार्यप्रति खेद प्रकट गर्दै उद्योगले आफ्ना शेयरहोल्डर, आवेदनकर्ताको लगानी सुरक्षाको प्रत्याभू ितगर्न आफू प्रतिवद्ध रहेको बताएको छ । साथै, शेयर निष्काशन रोक्किँदा पर्न गएको असुविधाप्रति उद्योगले लगानीकर्ताहरुसँग क्षमा पनि मागेको छ । 

Advertisement

Advertisement