अर्थमन्त्रीले फेरि भने– जिल्ला निर्वाचन कार्यालयहरु खारेज हुँदैनन्

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने बताएका छन् । मंगलवार संसदमा बोल्दै उनले जिल्ला निर्वाचन कार्यालयहरु खारेज नहुने पुनः स्पष्ट पारेका हुन् । उनले यसअघि पनि कुरा बताए पनि साँसदहरुले प्रश्न उठाउन नछाडेपछि आज पुनः स्पष्ट पारेका हुन् । 

महतले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहान्छ, त्यसरी नै रहने बताए । निर्वाचन कार्यालयहरुलाई सबल र सुदृढ बनाउन गर्नुपर्ने आवश्यक कामहरु गर्न सरकार तयार रहेको बताउँदै उनले सरकार निर्वाचन आयोगको स्वतन्त्रताप्रति कुनै किसिमको सम्झौता नगर्ने बताए । 

Advertisement

महतले भने, ‘जिल्ला निर्वाचन कार्यालयहरु अहिले जसरी रहेको छ । त्यसरी नै रहनेछन् । अझ त्योभन्दा कसरी त्यसलाई इम्पावर गर्ने ? अझ थप सुझाव निर्वाचन आयोगको छ भने अझ त्यसलाई सबल बनाउन, अझ त्यहाँ के प्रवन्ध गर्नुपर्छ ? यसको स्वतन्त्र अस्तित्व, काम कारबाहीमा अझ कुनै पनि व्यवधान, अप्ठ्यारा छन् भने त्यसलाई पनि सघाउ पुग्नेगरी के सरकारले गर्नुपर्यो ? त्यो गर्न सरकार तयार छ । त्यसकारण यो कुनै खारेजी हुँदैन । जिल्ला निर्वाचन कार्यालयहरु जसरी निर्वाचन आयोगले राख्न चाहान्छ, त्यसरी नै रहनेछन् । मेरो पार्टी र यो सरकार निर्वाचन आयोगको स्वतन्त्रतालाई अन्तिम समयसम्म हामी काहीँ कतैपनि कम्परमाइज् हुन दिँदैनौ । त्यो हाम्रो प्रतिवद्धता हो । हाम्रो विश्वास हो ।’

उनले निर्वाचन आयोगको आफ्नो स्वतन्त्र अस्तित्व रहने बताए । 

Advertisement

Advertisement