मेरै पालामा ज्येष्ठ नागरिक भत्ता ४ हजार पुगेको हो, तर त्यसको श्रेय मलाई चाहिन्नः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीले राम्रो काम गरेकाले नेकपा एमालेलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको टिप्पणी गरेका छन् । 

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा ‘देश समृद्धि होस्, जनता सुःखी रहुन्’ भन्ने ध्येयका साथ काम गरिरहँदा पनि केही मानिसहरु आफूलाई सरकारमा पुग्न नदिनका लागि अनेक उपायको खोजीमा लाग्ने गरेको गुनासो गरे । 

Advertisement

ओलीले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिपर्ने बताए । उनले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको बताउँदै आफू सरकारमा सहभागी भएको बेला सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता चार हजार पुर्याउनेलगायतका थुप्रै काम आफूले गरेको तर त्यसको जस आफूलाई नै दिनुपर्छ भन्ने मान्यता नलिएको बताए । 

ओलीले देश र जनताको सेवा गरेवापत प्राप्त हुने सन्तुष्टि नै आफ्नो लागि सबैभन्दा ठूलो प्राप्ती हुने ओलीको भनाई थियो । उनले आफूले नै सडक बालबालिकाको व्यवस्थापनको काम शुरु गरेको, दुर्गम ठाउँहरुको अन्त्य हुने गरी सडक सञ्जाल निर्माणको काम शुरु गरेको भएपनि त्यसको श्रय लिनुपर्छ भन्ने नलागेको बताए । 

ओलीले भने, ‘कमसेकम के चाहीँ भन्नसक्छु भने म सरकारमा हुँदा ज्येष्ठ नागरिक भत्ता शुरु गरिएको थियो । पछिल्लो पटक म सरकारमा हुँदा ज्येष्ठ नागरिकलगायत एकल महिला, असक्तता भएका व्यक्तिहरु, अपांगता भएका व्यक्तिहरु समेतको प्रबन्ध प्रतिमहिना चार हजार दिने गरी त्यो प्रवन्धमा मैले पुर्याएको छ, आफैँले निर्णय गरेर । हाम्रा बालबालिकाहरु अनाथ भएर, सडकमा खाते भएर बस्न सक्दैनन् । नेपालमा त्यस्तो सुहाउँदैन भनेर बालबालिकाहरु खाते भएर सडकमा अलपत्र पर्ने होइन् । त्यसको व्यवस्था सरकारले गर्छ भनेर मैले ती बालबालिकाहरुको प्रवन्धहरु, कोही पनि सडकमा हुनुहुन्न भनेर तिनको खाने, बस्ने, पढने प्रबन्ध, त्यो सुरु गराएँ । नेपाल भिखमंगाको देश होइन भनेर भिख माग्न कसैले नपरोस् भनेर, सोधेर, खोजेर भिख माग्नु नपर्ने स्थिति बनाइयो । सडकमा अलपत्र परेका मानिसहरुलाई विभिन्न संघ, संस्थाहरुसँग मिलेर तिनको व्यवस्थापन गर्ने प्रवन्ध गरिएको हो ।’ 

उनले थपे, ‘म देशभरीका जनतालाई माया गर्छु । झापाको बाटो बनाउने कुरा होइन् म देशभरी बाटो बनाउँछु । झापाका जनतालाई मात्रै खानेपानीको व्यवस्था गर्ने होइन, देशभरका देशभरका जनतालाई खानेपानीको व्यवस्था गर्छु भन्ने मेरो उद्देश्य हो । मेरा ठाउँका, मेरा गाउँका ज्येष्ठ नागरिकहरुलाइ मात्रै होइन, देशभरीका ज्येष्ठ नागरिकलाई व्यवस्था गरिनुपर्छ भन्ने कुरा हो । यो बापत मैले श्रेय पाउँ भनेर होइन् । मलाई श्रेय पाउनु÷नपाउनुसँग खासै अर्थ राख्दैन् ।’

अध्यक्ष ओलीले जनताको सेवा गरेर प्राप्त हुने सन्तुष्टिबाट नै आफूलाई सन्तुष्टि मिल्ने गरेको बताए । त्यस अवसरमा उनले ज्येष्ठ नागरिक आश्रमहरुलाई जातको आधारमा भेदभावपूर्ण व्यवहार नगर्न पनि सचेत गराए । 

Advertisement

Advertisement