नेपालमा भूमि बैंक स्थापना गर्न ढिलो भयोः ओली

Advertisement

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्न ढिलो भएको बताएका छन् । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको उनले बताएका छन् । 

मंगलबार च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा ओलीले तराईमा ठूल्ठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक अतिआवश्यक रहेको बताए । उनले पहाडमा भने कृषि उत्पादन बढाउनका लागि सहकारीकै विधि उपयुक्त हुने तर्क गरे । 

Advertisement

नेता ओलीले नेपालमा पाँच वर्षभित्र कृषि उत्पादन ८० प्रतिशत वृद्धि गर्न सकिने जिकीर गर्दै त्यसका लागि कृषिमा आधुनिक औंजारहरु, उन्नतस्तरको बीउविजन, मल, सिंचाईको प्रबन्ध गर्नुपर्ने बताए । उनले भने, ‘भूमि बैंकमा लगेर आफ्नो जमिन राख्ने र त्यसलाई चक्लाबन्दीको रुपमा त्यसमा फार्मिङ गर्ने कुरा तराईमा सबभन्दा बढि उपयोगी हुन्छ । पहाड सहकारी नै काफी हुन्छ । सुन्तला यहाँ राम्रो हुन्छ । यसको बजार राम्रो छ भनेपछि त्यहाँका मानिसले सुन्तला खेती गर्न सक्छन । 

ओलीले थपे, ‘कृषि उत्पादन पाँच वर्षमा कम्तिमा ८० प्रतिशत बढाउन सकिन्छ । यसमा खाली उत्पादन र उत्पादकत्व वृद्धिमा मात्रै ८० प्रतिशत कसरी हुन्छ ? मलाई लाग्छ यो त हन्ड्रेड प्रतिशत पुर्याउन सकिन्छ ।’ उनले नेपालमा कृषिका लागि सिँचाईको अभाव नहुने दावी गरे । माटोलाई स्वस्थ राख्नका लागि प्राङगारिक मलको प्रयोगमा वृद्धि गर्दै लैजानुपर्ने ओलीले बताए । 

Advertisement

Advertisement