काठमाडौं महानगरका विद्यालय, शिक्षण संस्था, कार्यालय पार्टीको भातृ संगठनमुक्त घोषणा

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले महानगरभित्रका विद्यालय, शिक्षण संस्था, कार्यालय पार्टीको संगठनमुक्त घोषणा गरेका छन् । 

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिपछि उक्त घोषणा गर्दै बालेनले आफूले बोलेका कुरा पूरा गर्न पनि चुनौति दिएका छन् । थापाले सोमबार एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न नपाइने बताएका थिए । 

Advertisement

सोही भनाईपछि बालेन् सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गरे । उनले सामाजिक सञ्जालमा लेखेका छन्, माननीय गगन थापाज्यू, दलको हिजोको एक कार्यक्रममा झोला बोकेर प्राध्यापक, कर्मचारी र विद्यार्थी विश्वविद्यालय छिर्न पाइँदैन भन्नुभयो । नेपाली कांग्रेसको महामन्त्रीज्युले नै भने पछि, काठमाडौं महानगरभित्रका सबै विद्यालय, शिक्षण संस्था, कार्यालय, सबैतिर कांग्रेस पार्टीको कुनै पनि भातृ संगठन नभएको घोषणा गर्दछौँ  । बोलेको कुरा पुरा गर्नुहोला माननीयज्यू ।’ 

Advertisement

Advertisement