इतिहासमा कसैले नगरेको काम मैले गरें, अखडा जमाएर बसेका कर्मचारी सरुवा गरियोः मोदी

Advertisement

काठमाडौं । सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले साह्रै ठूलो दबाब सहेर काम गर्नुपरेको गुनासो गरेका छन् । मंगलबार राजधानीमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् । 

मोदीले काठमाडौँ उपत्यकाभित्र वर्षौंदेखि अखडा जमाएर बसिरहेका कर्मचारीहरुलाई उपत्यका बाहिर पठाउन सफल भएको बताउँदै उपत्यका बाहिर कहिल्यै नगएकाहरुले अहिले बाहिर जानु परेपछि फर्किन निरन्तर दबाब दिइरहेको बताए । 

Advertisement

बाहिर गएका कर्मचारीले मन्त्रीलाई दबाब दिन नकारात्मक समाचार पनि लेखाएको उनको भनाई छ । मोदीले इतिहासमा कसैले नगरेको काम आफूले गरेको ठोकुवा गरे । आर्थिक मन्दीका कारण देश संकटमा पर्दै गएको बेला प्रदेशहरु खारेज गर्नुपर्ने माग बढे पनि उनले संघीयताको प्रसंशा गरे । 

मोदीले स्थानीय तहले गरेका केही कमीकमजोरीलाई लिएर संघीयता बारे नकारात्मक टिप्पणी गर्न नहुने तर्क गरे । व्यवस्था नयाँ भएको र अनुभव पनि नभएको अवस्थामा कमजोरी हुनु स्वभाविक भएको उनको भनाई छ । मोदीले संघीय व्यवस्था कमजोर बनाउने प्रयास भइरहेको बताए । 

Advertisement

Advertisement