एमालेको संसद अवरोधविरुद्ध सत्तापक्षको प्रतिरोधपछि एमाले साँसदहरु नाराबाजीमा

Advertisement

काठमाडौं । संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसद अवरोधविरुद्ध सत्तापक्षका साँसदहरुले प्रतिरोध गरेपछि एमाले साँसदहरु नाराबाजीमा उत्रिएका छन् । 

प्रतिनिधिसभा बैठक सुरु हुनासाथै एमालेका साँसदहरुले उठेर सुन काण्डको छानविनको लागि उच्चस्तरी समिति गठन नभएकोमा विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले एमालेका साँसद सूर्य थापालाई बोल्न समय दिएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रका साँसदहरु उठेर होहल्ला गर्न थालेका थिए । 

Advertisement

थापाले बोल्दा बोल्दै रोकेपछि एमालेका साँसदहरु रोष्टममा आएर नाराबाजी गर्न थालेका थिए । केहीबेरको नाराबाजीपछि सभामुख घिमिरेले शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका थिए । 

Advertisement

Advertisement