मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादी केन्द्रको निर्णय, जनमतबाट साह मन्त्री बन्दै

Advertisement

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको सो पार्टीका सचिव देवेन्द्र पौडेलले राससलाई जानकारी दिए । 

Advertisement

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमत पार्टीलाई सरकारका सहभागी गराउने यसअघि नै बताइसकेका थिए । सो पार्टीका तर्फबाट अनितादेवी साहलाई मन्त्री बनाउने निर्णय यसअघि नै गरिसकेको छ । सत्तागठबन्धमा भए पनि जनमत पार्टी सरकारमा सहभागी हुन सकेको थिएन । 

बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको पछिल्लो अवस्था र शान्ति सुरक्षालगायतका विषयमा बैठकमा जानकारी गराएका थिए । 

Advertisement

Advertisement