सरकार ढल्ने हल्ला चलिरहँदा प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा भित्राए

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनमत पार्टीकी सामान्य प्रशासनमन्त्री अनिता देवीलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन् । 

राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार आयोजित कार्यक्रममा नवनियुक्त सामान्य प्रशासनमन्त्री देवीले शपथ लिएकी हुन् । 

Advertisement

सरकार ढल्ने हल्ला चलिरहँदा प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा भित्राएर सो पार्टीको प्रतिनिधिलाई मन्त्री बनाउन सफल भएका हुन् । सामान्य प्रशासन मन्त्रालयमा यसअघि माओवादी केन्द्रका अमनलाल मोदी मन्त्री थिए । कर्मचारी सरुवा बरुवामा धेरै आर्थिक अनियमितता गरेको गुनासोपछि पार्टीले नै उनको राजीनामा मागेको हो । 

Advertisement

Advertisement