टाटा मोटर्सको एक्सचेन्ज क्याम्प भदौ १ गतेदेखि ५ गतेसम्म, यस्ता छन् विशेषता

Advertisement

काठमाडौं । सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल’ एक्सचेन्ज क्याम्प ल्याएको छ ।

यो एक्सचेन्ज क्याम्प भदौ १ गते देखि भदौ ५ गतेसम्म सिप्रदीको नेपालभरि रहेका टाटा मोटर्स शोरुमहरुमा हुने कम्पनीले जनाएको छ । शुक्रवारदेखि शुरु भएको एक्सचेन्ज क्याम्प शनिबार पनि विभिन्न मनोरन्जनात्मक कार्यक्रमका साथै खानाको पनि व्यवस्था गरिएको छ ।

Advertisement

अहिले नेपाली बजारमा ईभी गाडीहरुप्रति ग्राहकहरुको चासो बढिरहेको छ जसमा टाटा मोटर्सका नयाँ ईभि गाडी प्रतिको रुचि निकै बढ्नुका साथै विक्री पनि त्यहि क्रममा बढिरहेको देखिन्छ । प्रदुषणरहित वातावरणमैत्री, चलाउन सजिलो, न्युनतम मर्मत खर्च, आरामदायी यात्रा गर्न सकिने भएको कारणले विगतका दिनमा ईन्धन (पेट्रोल वा डिजेल) बाट चल्ने कारहरु टाटा मोटर्सका विद्युतीय गाडीसंग साट्ने क्रम बढ्दो छ । 

टाटा मोटर्सका ग्राहक तथा बजारको सुझाव तथा जिज्ञासालाई मध्यनजर गरेर उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल डिजेल बाट चल्ने सवारी साधनलाई बजारले अत्याधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसंग साट्न मिल्ने गरी एउटै शोरुम बाट व्यवस्था गरिएको छ । ग्राहकहरूलाई विभिन्न रिकन्डिसनहरू जानुको झन्झट आवश्यकता पनि पर्दैन । अब सजिलै एकै ठाउँमा सिप्रदी अस्योर्ड मार्फत उचित मूल्याङ्कन, शोरूममा बीमाको पनि सुविधा भएको हुनाले यसले ग्राहकहरुलाई थप सहजता प्रदान गर्नेछ । चलिरहेको बजारको मूल्य भन्दा गाडीको विशेष मुल्यांकन, सरल फाइनान्सको सुविधा, ईन्स्योरेन्सको सुविधा, र साथै हरेक गाडी हस्तान्तरणमा विभिन्न अफरहरु पनि पाईनेछ ।

गाडी मुल्यांकन गर्न पाल्नु हुने ग्राहकले तुरुन्तै उपहार पाउनुका साथै हरेक दिन लक्की ड्र मार्फत ५ जना भाग्यशाली ग्राहकहरुले स्मार्टवाच पनि जित्न सक्ने छन् । यस योजनामा सहभागी भई गाडी खरिद गर्नुहुने ग्राहकहरुले सपरिवार सहित पाँच तारे होटलमा डिनर गर्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

प्रमुख आकर्षणहरुः 
–जुनसुकै ब्राण्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाईएका नेक्सन ईभीसंग साट्न सकिने व्यवस्था । 
–एकै ठाउँबाट तपाईको गाडीको मुल्यांकन
–न्युनतम चार लाखको गाडी मुल्यांकन
–एक्सचेन्ज बोनस
–एकै ठाउँमा ईन्स्योरेन्सको सुविधा
–८० प्रतिशतसम्म नयाँ गाडी पÞmाइनान्सिङ्गको सुविधा
–नयाँ गाडीको बूकिंग तथा मुल्यांकन संगै आकर्षक उपहार
–निःशुल्क गाडीको थप एक्सेसोरिज
–गाडी सम्बन्धि दक्षद्वारा परामर्श तथा सल्लाह सुझाव


 

Advertisement

Advertisement