सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ सम्पन्न

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्यारेन्सको ‘एजेन्सी अवार्ड नाइट–२०८०’ शनिबार सम्पन्न भएको छ । समारोहमा देशभरबाट छानिएका दुई सय एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जानकारी दिएको छ । 

सो अवसरमा देशभरबाट आर्थिक वर्ष २०७९–८० मा उत्कृष्ट व्यवसाय गरेका विभिन्न विधाका एजेन्सी म्यानेजर र अभिकर्ताहरुमध्येबाट सर्वोत्कृष्टलाई अवार्डबाट सम्मानित गरिएको थियो । देशभरिबाट ‘व्यक्तिगत कोड’ र ‘टिम व्यवसाय’ अन्तर्गत सर्वाधिक व्यवसाय प्रदान गर्ने अभिकर्तालाई कम्पनीकै सर्वाधिक गरिमामय ‘सूर्यज्योति रत्न अवार्ड’बाट सम्मानित गरियो । 

Advertisement

सूर्यज्योति रत्न अवार्डबाट व्यक्तिगत कोडमा कमल घिमिरे ९बुटवल ट्राफिक चोक० र सामूहिक व्यवसाय अन्तर्गत उपिन्द्रा राई ९नयाँबानेश्वर०लाई अवार्ड, ट्रफि र नगदबाट सम्मान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, प्रोडक्ट एम्बासडरअन्तर्गत ‘सुरक्षित भविष्य’ र ‘८४ पूजा’ जीवन बीमा योजनामा क्रमशः गौरवकुमार शाही र कमल घिमिरेलाई ट्रफी, सम्मानपत्र र नगद प्रदान गरियो । कम्पनीले एमडीआरटी क्वालिफायर्स, सीईओ क्लब र चेयरम्यान क्लबअन्तर्गतका ६२ जनालाई सम्मान गरेको थियो । 

सूर्यज्योतिले देशभरिबाट सर्वाधिक व्यवसाय, अभिकर्ता नियुक्ति र बीमालेखको आधारमा उत्कृष्ट १० जना एजेन्सी म्यानेजर र  १० जना अभिकर्तालाई ट्रफिसहित सम्मान गरेको थियो । देशभरिबाट सर्वाधिक व्यवसाय गर्ने, अभिकर्ता नियुक्ति गर्ने र बीमालेख जारी गर्ने शाखामध्ये बुटवल ट्राफिक चोक, बुटवल चौराहा र नयाँ बानेश्वर शाखालाई शिल्डसहित सम्मान गरियो । 

कम्पनीका ब्रान्ड एम्बेसडर राजेश हमालका साथै कम्पनीका सञ्चालक विवेक झा, नन्दकिशोर शर्मा, हेमन्त नहाटा, प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रकाशविक्रम खत्री, वरिष्ठ डेपुटी सीईओ पवन खड्कालगायतले पुरस्कृतहरुलाई अवार्ड प्रदान गरेका थिए । 

सो अवसरमा वरिष्ठ डेपुटी सीईओ खड्काले सूर्यज्योति लाइफ मुलुककै सबैभन्दा उत्कृष्ट जीवन बिमा कम्पनी बन्नुपर्ने बताउँदै यो कुरालाई संभव बनाउने कम्पनीले प्रदान गर्ने सेवा, बीमा योजना र विश्वासनीयताबाट हो भने ।  

सीईओ खत्रीले हरेक समस्या र चुनौतीलाई चिर्दै अघि बढेको खण्डमा र कर्मचारी तथा अभिकर्ताहरुले इच्छाशक्ति र दृढ विश्वासका साथ अघि बढेको खण्डमा सफलता हासिल हुने बताए ।  उनले कम्पनीले समयसापेक्ष उत्कृष्ट बीमा योजना पस्किँदै आएको र बीमितहरुको सहजताको लागि नयाँ–नयाँ प्रबिधिमैत्री सेवा बिस्तार गर्दै लगेको बताए । यसअन्तर्गत ल्याइएको ‘मोबाइल एप’ अभिकर्ता र बीमितहरुका लागि निकै उपयोगी भएको खत्रीको भनाई छ । 
  
कम्पनीका सञ्चालक विवेक झाले सूर्यज्योतिलाई मुलुककै नमूना र विश्वसनीय जीवन बीमा कम्पनीको रुपमा स्थापित गरी बीमा कम्पनीहरुबीच आफूलाई अब्बल र उत्कृष्ट बनाउनुपर्ने बताए । उनले अभिकर्ताहरु कम्पनीको ब्रान्ड एम्बेसडर पनि हो भन्दै अभिकर्ताहरु अझ सक्रिय भएर लाग्नुपर्ने बताए । 
 
कम्पनीका ब्रान्ड एम्बेसडर राजेश हमालले सूर्यज्योति लाइफ इन्स्योरेन्सले कम्पनीको मूल्य मान्यतामा अडिग रही लाखौं नेपालीको विश्वास जित्दै बीमा कम्पनीहरुको क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आएकोले त्यसमा आफू पनि सहभागी हुन पाएकोमा खुशी लागेको बताए । 

Advertisement