मलाई उहिले कलाकार बन्ने इच्छा थियोः प्रम दाहाल

Advertisement

काठमाडौं र प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई उहिले कलाकार बन्ने इच्छाद्ले प्रेरित बनाए पनि बन्न नसकेको बताएका छन् । 

शनिवार गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ कार्यक्रमको अन्तिम प्रतिष्पर्धा हेर्न गोदावरी पुगेका उनले आफू जमानामा कलाकार हुने इच्छाबाट प्रेरित भएको बताएका हुन् । 

Advertisement

अहिले प्रधानमन्त्री बन्दा पनि कला र संस्कृतिलाई सक्दो सहयोग गरिरहेको दाहालको जिकिर छ । उनले कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग सम्बन्धित हुने भन्दै कला धेरै नै शक्तिशाली हुने बताए । दाहालले कलाले मानिसलाई जोड्न र एकतालाई सुदृढ बनाउँदै आफ्नो पहिचानलाई विश्वव्यापीरुपमा स्थापित गर्न भूमिका खेल्ने बताए । 

उनले नेपालीहरु जहाँ भएपनि नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्न सक्नुपर्ने बताए । दाहालले भने, ‘म पनि आफ्नो जमानाको कलाकार हुने इच्छाद्वारा प्रेरित मान्छे हुँ । मैले कला र संस्कृतिलाई आफ्नो ठाउँबाट पहिलो पटक प्रधानमन्त्रीको हैसियतले अघि बढाउन सक्दो सहयोग गरेँ । आउने दिनमा पनि गर्ने नै छु । जसरी कला, साहित्य र संस्कृति बढी भावना र संवेदनसँग हुन्छ र त्यो धेरै शक्तिशाली हुन्छ । त्यसले मानिसलाई जोड्छ, एकतालाई सुदृढ गर्छ, आफ्नो पहिचानलाई विश्वव्यापीरुपमा स्थापित गर्दछ । आज यहाँका प्रश्तुती हेर्दै गर्दा हामी नेपालीहरु तपाईहरुले नयाँ नेरेटिभ पनि बनाउनु भयो र हामी सात करोड छौँ भन्नेकुरा स्थापित गर्नुभयो । र हामी जहाँ भएपनि नेपाल्ी हौँ, नेपाली मन, भाव, संस्कृति, भाषाप्रति गर्व गर्छौं भन्ने सन्देश गएको छ, धेरै शक्तिशाली सन्देश गएको छ ।’

Advertisement

Advertisement