नेप्से २ हजार अंकबाट पनि तल झर्यो, डेढ अर्ब पनि पुगेन कारोबार

Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । आज पनि बजार घटेर नेप्से २ हजार अंकबाट पनि ओरालो झरेको छ । कारोबार रकम पनि खुम्चिंदै गएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.९३ अंकले घटेको छ । ०.६४ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९९८.२८ अंकमा झरेको छ । 

Advertisement

आज २७२ कम्पनीका ४१ लख ६३ हजार ८ सय ७२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४० करोड ८९ लाख ८१ ह्जार ६ सय १.६८ रुपियाँ बराबरको कारोबार भएको हो । 

बजार घटे पनि दुई कम्पनीमा पोजेटिभ सर्किट लाग्यो । लक्ष्मी लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाएका हुन् । कुथेली बुखरीको आजैबाट कारोबार शुरु भएको हो । त्यस्तै मेन्छियाम हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.९९ प्रतिशतले घाटा व्यहोरेका हुन् । 

आज शिवम् सिमेन्टको उच्च कारोबार भयो । उक्त कम्पनीको ८ करोड २ लाख ४७ हजार २ सय ३४.८० रुपियाँ बराबरको भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार २१.९९ अंकले बजार घट्दा १ अर्ब ४४ करोड ७४ लाख ८ हजार ९ सय ४२.६७ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement