एमाले छोडेको ठिकै भएछः माधव नेपाल

Advertisement

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले तत्कालिन नेकपा(एमाले)बाट बिद्रोह गरेर नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको जिकिर गरेका छन् । 

दुई दिनसम्म चलेको आफ्नो पार्टीको पोलिटब्युरो बैठकमा उनले तत्कालिन एमालेबाट बिद्रोह गरी नयाँ पार्टी बनाउनु औचित्यपूर्ण भएको ब्रिफिङ गरेका हुन् । माधव नेपालले आफूहरुले बिद्रोह नगरेको भए एमाले अध्यक्ष केपी ओलीले देशको संविधान, संघीयता र संसद समाप्त पारिसकेको हुने थिए भने । 

Advertisement

पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार अध्यक्ष माधव नेपालले बिद्रोह नगरेको भए आफ्नो विचार समूहका कार्यकर्ताहरु माथि दमन र अत्याचार हुने थियो भनेको बताए । आगामी दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर जानुपर्ने बताएका नेता नेपालले एकढिक्का भएर पार्टी निर्माणमा लाग्न पनि नेताहरुलाई आग्रह गरेका थिए । 

उनको सम्बोधनबारे जानकारी दिँदै प्रवक्ता खतिवडाले भने – ‘पार्टीले अबको दिनमा पार्टी कामको अनुगमन गर्ने कुरालाई उच्च प्राथमिकता दिएर अगाडी बढ्नुपर्ने भन्ने कुरालाई उहाँले जोड दिनुभएको छ । र सँगसँगै हामीले बिद्रोह नगरेको भए यो देशको संविधान, संघीयता र संसद सबै तत्कालिन सर्वसत्तावादको नेतृत्व गरिरहेका केपी ओलीले समाप्त गरिसक्नु हुन्थ्यो र त्यति मात्रै होइन हाम्रा विचार समूहमा रहेका सम्पूर्ण पार्टीहरु माथि, पार्टीका कार्यकर्ता माथि चरम दमन र अत्याचार गर्नुहुन्थ्यो ।’

बैठकमा पोलिटब्युरो सदस्यहरुले वर्तमान राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभारका विषयमा आ–आफ्नो धारणा राखेको जनाइएको छ । 

Advertisement

Advertisement