सामाजिक सद्भाव खलल पार्ने अभिव्यक्ति दिनेलाई छुट दिन्नः दाहाल, तर गौबध गर्नेबारे मौन

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भावमा खलल पार्ने अभिव्यक्तिलाई कुनै हालतमा छुट नदिने बताएका छन् । 

मंगलवार संसदमा सांसदहरुले सोधेका प्रश्नको उत्तर दिने क्रममा उनले सामाजिक सद्भावमा खलबल पार्ने कार्यलाई सरकारले कुनै हालतमा छुट नदिने बताए । 

Advertisement

दाहालले एकअर्काको धर्म र संस्कृतिबिरुद्ध हुने द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई पनि छुट नदिने बताए । तर उनले गौबध गर्नेहरुलाई कारवाही गर्ने विषयमा कुनै प्रतिक्रिया दिएनन् । दाहालले परापूर्व कालदेखि कायम रही आएको सामाजिक एकता, सद्भाव र सामाजिक सहअस्तित्वमा खलल पार्ने कुनै किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको स्पष्ट पारे । 

Advertisement

Advertisement