माओवादीको ‘मिसन ८४’ भोलिदेखिः आठ लाख उद्यमी थप्ने होइन्, आठ लाख सदस्य पुर्याउने

Advertisement

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रले २०८४ सालको चुनावलाई लक्षित गरेर शनिबारबाट सुरु गर्न लागेको ‘मिसन–८४’मा आठ लाख सदस्य पुर्याउने लक्ष्य राखिएको छ । 

देशमा रोजगारी र उद्यमशीलताको अभाव हुँदा युवाहरु दिनप्रतिदिन विदेशिने क्रम बढिरहेको बेला माओवादीले भने भएका युवाहरुलाई उद्यमी बनाउने नभई सदस्य बनाउने लक्ष्य लिएको हो । 

Advertisement

तीन महिनासम्म चल्ने जनाइएको यो अभियानमा कम्तिमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गर्ने र आठ लाखलाई पार्टीको सदस्यता वितरण र नवीकरण गर्ने लक्ष्य बनाइएको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । उनी अहिले देशको प्रधानमन्त्री पनि हुन् । 


माओवादी केन्द्रका नेता अग्नि सापकोटाले नवीकरण र विस्तारको माध्यमबाट पार्टी सदस्यता संख्या आठ लाख पुर्याउने लक्ष्य लिएको बताएका छन् । अभियानको क्रममा माओवादीका नेता कार्यकर्ता जनताको कुरा सुन्न प्रत्येक घरघरमा जाने उनको भनाइ छ । 

यसअघि अर्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले पनि सदस्यता विस्तारको कार्यक्रम ल्याएका थिए । तर ठूला दलप्रति जनताको वितृष्णा बढ्दै गएकाले उनीहरुको सदस्य संख्या आधै घटेको तथ्यहरु सार्वजनिक भएका छन् । यस प्रतिकुलतामा माओवादीले पनि सोही रणनीति पछ्याएको छ ।
 

Advertisement

Advertisement